काठमाडौ । संगठन बिस्तार गर्न धरानका मेयर हर्क सम्पाङ काठमाडौ आएका छन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट समर्थकले मोटरसाइकल र्यालीसहित स्वागत गरेका हुन ।
उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौँ आएका हुन । उनी मोटरसाइल र्यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन । त्यहाँबाट उनले भेटघाट तथा संगठन विस्तार गर्ने कार्यक्रम छ ।
मेयर साम्पाङले र्यालीका लागि धन्यवाद दिएका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ । सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ। सबैलाई धन्यवाद ।