नेपालमा भाइबर म्यासेन्जर प्ले स्टोरको शिर्ष स्थानमा, म्यासेन्जर, ह्वाटसपको बिकल्पमा भाइबर प्रयोग

    
नेपालमा भाइबर म्यासेन्जर प्ले स्टोरको शिर्ष स्थानमा, म्यासेन्जर, ह्वाटसपको बिकल्पमा भाइबर प्रयोग

काठमाडौं । सरकारले नेपालमा एकाएक  २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङको एक मात्र दर्ता भएको एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ ।

२४ घण्टाअघि प्ले स्टोरको टप फ्रि एप लिस्टमा ५० भन्दा तल रहेको भाइबर अहिले एक नम्बरमा आएको हो । पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले धेरै डाउनलोड गरेका कारण भाइबर म्यासेन्जर शीर्षस्थानमा आएको हो । छोटो समयमा धेरैले डाउनलोड गर्दा यो एपको लोडमा अत्याधिक चाप परेको कारण ढिलो डाउनलोड हुने गरेको सेवाग्राहीले बताएका छन ।

भाइबरमा अडियो, भिडियो कल हुने भएकाले फेसबुक, म्यासेन्जर, ह्वाटसप जस्ता एपको बिकल्पमा भाइबरलाई प्रयोग गर्न थालिएको हो । नेपालमा बन्द रहेको फेसबुक दर्ता गर्न प्रक्रियागत रुपमा अगाडी बढेको संचार मन्त्रालय स्रोतले बताएको छ ।