लिपुलेक विवाद चर्किएको बेला चीनिया जनमुक्ति सेना पस्यो नेपाल, नेपाली सेना र जनमुक्ति सेनाको युद्व अभ्यास जारी

    
लिपुलेक विवाद चर्किएको बेला चीनिया जनमुक्ति सेना पस्यो नेपाल, नेपाली सेना र जनमुक्ति सेनाको युद्व अभ्यास जारी

काठमाडौँ । नेपाली सेनासँगको सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौँ आइपुगेको छ । हिमालयन एयरलाइन्सको विमानबाट चिनियाँ जनमुक्ति सेनाको टोली लासा हुँदै शुक्रबार काठमाडौँ आइपुगेको नेपाली सेनाले बताएको छ ।

केही दिन अगाडी चीनमा आयोजित बिशाल परेड सकेर   नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौँ संस्करणमा सहभागी हुन चिनियाँ सेना नेपाल आएको हो । सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ । सेनाका एक उच्च अधिकारीका अनुसार उक्त सैन्य अभ्यास १० दिनसम्म चल्ने छ ।

सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा भएको थियो ।

भारतले नेपाली भुमी  लिपुलेक, लिम्पियाधुरामा विवाद निकालेको समयमा चीनको जनमुक्ति सेना नेपाल आएर संयुक्त सैनिक अभ्यास गर्नुलाई भारतले भने गम्भीर रुपमा हेरेको भारतीय संचार जगतले बताएका छन । अहिले युद्व अभ्यास जारी छ ।