काङ्ग्रेसद्वारा ओखलढुंगाको मोलुङमा चट्याङ लागेर मृत्यु तथा घाइते भएकालाई आर्थिक सहयोग

    
काङ्ग्रेसद्वारा ओखलढुंगाको मोलुङमा चट्याङ लागेर मृत्यु तथा घाइते भएकालाई आर्थिक सहयोग

अर्जुन खतिवडा

काठमाडौ । गत साउन ३१ गते  चट्याङ परेर मोलुङ्ग गाउँपालिका- ४ ओखलढुंगामा वीर बहादुर तामाङको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन ।

घाइते हुनेमा डोल्मा तमाङ, मुना तमाङ, सुजन तमाङ, प्रेम बहादुर तमाङ, भीषण तमाङ, बिष्णु कुमारि तमाङ, सरिता तमाङ रहेको वडा अध्यक्ष भोलाराज राईले बताए ।

बिपत्तमा परेर मृत्यु तथा घाइतेलाई नेपाली कांग्रेस मोलुङ- ४ कार्यसमितिले सहयोग सङ्कलन गरि  प्रत्येक घाइतेलाई ५,००० हजार र एकै घरका २ दुई जना घाइतेलाई ७,००० हजार सहयोग गरेको छ ।

समितिले आर्थिक सड्ढलन गरेर मृतकको परिवारलाई ४५,००० हजार सहित खाद्य सामाग्री उपलब्ध गराएको नेपाली काङ्ग्रेस वडा सदस्य मेख बहादुर तमाङले बताए । सहयोग गर्ने सम्पुर्णमा नेपाली काङ्ग्रेस मोलुुङ- ४ समितिले धन्यवाद समेत दिएको छ ।