बिरोधका बाबजुद टिकटक, फेसबुक बन्द गर्ने ओली सरकारको उदेश्य

    
बिरोधका बाबजुद टिकटक, फेसबुक बन्द गर्ने ओली सरकारको उदेश्य

काठमाडौं । सरकारले फेसबुक, टिकटकसहित सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिएको छ । अस्ति ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जवाफदेही बनाउने निर्णय सरकारले गरेको हो । यसका लागि सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरिएको छ ।

तोकिएको समयभित्र सूचीकरण नहुने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र नचल्ने गरी निष्क्रिय बनाउने सरकारको तयारी छ ।

सर्बसाधारणले भने फेसबुक र टिकटक जस्ता सामाजिक संजाल बन्द गराउने सरकारको निर्णयको निन्दा गरेका छन ।