काठमाडौ । सुनकोशी गाउँपालिका- १ ओखलढुंगाले आफ्ना काठमाडौमा बसोबास गर्ने नागरिकको लागी वडा मार्फत हुने सम्पुर्ण सेवा सुबिधा काठमाडौबाट प्रदान गरेको छ ।
काठमाडौमा बस्ने नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, जन्म, मृत्यु दर्ता, मालपोतको काम काठमाडौको ब्रुकलिन कलेज सुकेधाराबाट प्रदान गरेको वडा अध्यक्ष प्रकाश सापकोटाले बताए । विभिन्न कामको सिलसिलामा काठमाडौ आई बसोबास गर्ने ठूलो सङ्ख्यामा नागरिकले सेवा लिएको वडा स्रोतले बताएको छ ।