काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज साझ भेट्ने भएका छ्न ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई भेट्न प्रचण्ड नख्खु कारागार जाने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
रुपन्देही कारागारमा रहेका लामिछानेलाई अड्डा सार गरेर शनिबार नख्खु कारागार ल्याइएको थियो ।
केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि लामिछानेको जेल भित्रै उपचार चलिरहेको छ ।