काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ ।
अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरिसकेको फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार २४ ले देखाएको हो ।
बिश्वमा आणविक हतियारका जननी अमेरिका र रुसका राष्ट्रपतिको यो भेटले फेरी युक्रेन युद्वको अन्त्य गर्ने वा फेरि बिश्वमा आणविक हतियारको प्रयोग छिट्टै हुने भन्ने निर्क्योल हुने छ ।
पुटिन र ट्रम्पको आज हुने भेटले २१ औं सताब्दीको मानव जातिको भबिष्य निर्धारण हुने हुने संभावना रहेको स्रोतहरुले उल्लेख गरेका छन ।