पशुपतिमा लियो क्लब अफ काठमाडौँद्वारा बेवारिसे शवको दाहसंकार

    
पशुपतिमा लियो क्लब अफ काठमाडौँद्वारा बेवारिसे शवको दाहसंकार

काठमाडौ ।  लियो क्लब अफ काठमाडौँ परिकल्पनाले विधिवत रूपमा सम्मानका साथ बेवारिसे शवको दाहसंकार गरेको छ ।  ।

क्लबले महिनौँदेखि काठमाडौँको टिचिङ अस्पतालमा रहेका बेवारिसे शवहरूलाई निकालेर पशुपतिनाथमा रहेको विद्युतीय शवदाह गृहमा दाह संकार गरेको हो ।

मृतकको कोही परिवार वा आफन्तले दाबी गर्न नआएपछि  लियो क्लब अफ काठमाडौँ परिकल्पनाले शवहरु जलाएर सम्पन्न गरेको बताईएको छ ।

लियो जिल्ला परिषद् ३२५ आई नेपालका जिल्ला ग्लोबल सर्भिस टिमका संयोजक निकेश गौतमले कामको जिम्मा लिएर सम्पन्न गरेको अभियान्ता चन्द्राकला तामाङले बताईन ।