रबि लामिछाने विरुद्ध सरकार क्रूर बनेको बाबुरामको धारणा, सरकारको रबैया विरुद्ध बोल्छु

    
रबि लामिछाने विरुद्ध सरकार क्रूर बनेको बाबुरामको धारणा, सरकारको रबैया विरुद्ध बोल्छु

दिपेन्द्र भुसाल

बुटवल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसग जिल्ला कारागार भैरहवा पुगेर भेट गरेका छन ।

भट्टराईले रबि लामिछाने भेटेपछी पत्रकारसग कुरा गर्दै भने केपी ओली सरकारको प्रशासन यति क्रूर रहेछ पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा पनि पत्रीका  पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सम्पुर्ण कुरा सोधें खै त्यस्तो आदेश छैन भन्ने जवाफ दिए उनले भने ।
राजबन्दीलाई सूचनाको हकबाट बन्चित गर्न पाईदैन ।  ‘बस्ने ठाउँ पनि साँघुरो रहेछ  जेलमा त खुला ठाउँ हुन्छ,’ उनले भने, ‘यसबारे म सम्बन्धित सरकार सग कुरा गर्ने छु । यो रबैया विरुद्ध म बोल्ने छु ।

पार्टीको  लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेलाई भेटेका हुन । निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको उनले बताए । ‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने तर्क भट्टराईको छ ।

जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले आफु रविलाई भेट्न आएको भट्टराईले बताए । भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध सांधेको दावीसहित उनको न्यायका लागि रविको पक्षमा हस्ताक्षर समेत गरिसकेका छन । बाबुराम भट्टराईको यो खुलासा पछि उनका पार्टी समर्थक थप आक्रोशित भएका छन ।