युबराज पहाडी
काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, ओखलढुंगाका साम्सद, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन समितिले दोसी नदेखिएको तर नैतिक जिम्मेवार देखिएको ठहर्याएको छ ।
समिति संयोजक जीवन परियारका अनुसार खतिवडाको कहि कतै सम्लग्नता देखिएन तर हस्ताक्षर गरेकाले नैतिक जिम्मेवार देखायो त्यसैले उनी नैतिक जिम्मेवार हुन दोसी होइनन ।
‘कुलिङ अफ पिरियड’मा गरिएको गडबडीमा समिति सभापतिको कहि कतै गल्ती देखिएन तर सभापतिको हैसियतमा हस्ताक्षर गरेकाले नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने छानबिन समितिले ठहर गरेको हो ।
कुलिङ अफ पिरियड राख्नु पर्ने पक्षमा एक्लै लड्दै आएका खतिवडालाई समितिले के कारणले नैतिक जिम्मेवारी बनायो भन्दै सर्बत्र बिरोध तथा बहस समेत सुरु भएको छ ।
प्रतिबेदन सार्बजनिक भएपछि सभापति खतिवडाले छानबिन समितिले मैले यो प्रावधान राख्न हुँदैन भनेर कहाँ बोले त्यो बोलेको प्रमाण समितिले देखाइदिन पर्यो भन्दै प्रश्न उठाएका छन ।
समिति स्रोतका अनुसार हिजो देखि प्रतिबेदन लेख्ने क्रममा जुन हर्कत समितिमा देखियो त्यो जनताले राम्रो गरि बुझेका छन । नैतिक जिम्मेवार नदेखिए पनि त्यो शब्द नलेख्दा प्रतिबेदन नै न आउने लगभग निस्चित देखियो त्यसैले बिना गल्ती नैतिक जिम्मेवार लेख्नुपर्यो ।
स्रोतका अनुसार कर्मचारी मात्र जिम्मेवार देखिदा समेत प्रतिबेदनमा खतिवडाको नैतिक जिम्मेवारी न लेख्दा फरक मत आउने भएकाले त्यो लेखियो तर दोसी उनी होइनन ।
उता खतिवडाले भने म कतै दोषी देखिए वा नैतिकताको जिम्मेवारी मात्रै लिनु पर्ने हो ? प्रतिवेदन पढेपछि मात्रै राजीनामा दिने वा के गर्ने भन्ने निर्णय लिनेछु । खतिवडाले आफुले हस्ताक्षर गर्दा नैतिक जिम्मेवारी लिन पर्छ भने सिङ्गो संसदले पास गरेको जिम्मेवार लिनुपर्ने बताए ।