चक्रे मिलनले जन्म दिन मनाउदा पक्राउ गरेको घटना प्रति समाजमा प्रहरीसग असन्तुष्टि बढ्दै

    
चक्रे मिलनले जन्म दिन मनाउदा पक्राउ गरेको घटना प्रति समाजमा प्रहरीसग असन्तुष्टि बढ्दै

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनालाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ । काठमाडौंको महाराजगन्ज स्थित एक होटलबाट उनीहरु पक्राउ परेका हुन  ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो । चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरीको भनाइ छ । तर जन्म दिन मनाउदा कसरी शान्ति सुरक्षामा खलल हुन्छ भन्दै सर्ब साधारणले समेत व्यापक असन्तोष व्यक्त गरेका छन ।

बिहीबार दिनभर अन्य सवारी आवागमनमा असर पुर्‍याएको र अरुलाई आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेको पाइयो,’ अपराध अनुसन्धान कर्यालयका एसएसपी रमेश बस्नेतले भने ‘होटलमा पनि अरुलाई प्रतिकूल हुने गरी गतिविधि गरेको पाएपछि नियन्त्रणमा लिएका हौं ।

जन्म दिन मनाउने क्रममा  हुलदङ्गा गरेको, महाराजगन्ज आसपास सवारी साधन आवजावतमा अवरोध पुर्याएको, होटलमा होहल्ला गरेको आरोप लगाए पनि काठमाडौ प्रहरी परिसर प्रमुख एसएसपी बिश्व अधिकारीसग आर्थिक कुरा नमिले पछि पक्राउ गरेको चक्रे मिलन स्रोतले बतायो ।

जन्म र मृत्यु सस्कार जस्तो सामाजिक कार्यमा प्रहरीले हस्तक्षेप गरेको प्रती विभिन्न नागरिक समाजले समेत दुख व्यक्त गरेको छन । सामाजिक संजालमा जन्म दिन मनाउदा प्रहरीले किन पक्राउ गर्यो भन्दै सर्ब साधारणले प्रश्न उठाईरहेका छन ।