सुनकोशी गाउँपालिका घटनाक्रमको एमालेद्वारा बिरोध, अध्यक्ष तामाङ भन्छन गलत आरोप सहदिन

    
सुनकोशी गाउँपालिका घटनाक्रमको एमालेद्वारा बिरोध, अध्यक्ष तामाङ भन्छन गलत आरोप सहदिन

काठमाडौ । नेकपा एमाले  सुनकोशी गाउँपालिका कमिटी ओखलढुंगाले सुनकोशी गाउँपालिकाको विषयमा आएका पछिल्ला घटनाक्रमको बिज्ञप्ति मार्फत बिरोध गरेको छ ।

पत्रकारको नाममा बार्गेनिङ गरेको विषय नमिल्दा बिना गल्ती हचुवाको भएमा सामाजिक संजाल र केही संचार माध्यममा रिसिबी साध्न रचिएको प्रोपोकाण्डा बाहेक केही विषय नरहेको सुनकोशी सन्देशले समाचार यश अगाडी नै प्रकाशित गरिसकेको छ ।

तर आज एमालेले बिज्ञप्ति मार्फत अपारदर्शी खर्च, सरकारी स्रोत साधन र सर्वसाधारण जनताबाट संकलित करको दुरुपयोग, वडा र विषयगत क्षेत्र बिपरित बजेट वितरण,  शिक्षक तथा कर्मचारी नियुक्ति, सरुवा, बढुवा र पदस्थापन, विकास र सेवा प्रवाहमा देखिएको कार्यशैलीको सवालमा पारदर्शी हुनुपर्ने आवाज उठाएको छ ।

तर संचार जगतमा काम गर्नेको पत्रकारको कार्यशैली र आचरणको बारेमा भने बिज्ञप्तिले कहि कतै उल्लेख छैन । उता सुनकोशी गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारी पत्रकारले गर्ने बार्गेनिङ देखि दिक्क रहेको एक कर्मचारीले बताएका छन ।

गाउँपालिका अध्यक्ष कमल तामाङले जनताको काम गर्ने तर पत्रकारको बार्गेनिङ विरुद्ध झनै कठोर हुने योजनामा रहेका छन । तामाङ भन्छन म गलत गर्दिन तर गलत आरोप पनि सहदिन ।