‘कुलिङ अफ पिरियड’ कांग्रेसका शिर्ष नेताहरु एमालेसँग रुष्ट, गठबन्धनमा दरार आउनसक्ने चेतावनी

    
‘कुलिङ अफ पिरियड’ कांग्रेसका शिर्ष नेताहरु एमालेसँग रुष्ट, गठबन्धनमा दरार आउनसक्ने चेतावनी

युबराज पहाडी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र पार्टी प्रबक्ता प्रकाश शरण महतले कुलिङ पिरियडका सन्दर्भमा नेकपा एमालेले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेर गठबन्धनको सरकारलाई नै अप्ठेरोमा पार्न खोजेको बताए ।

मंगलबार ४३ औं विपी स्मृति दिवसका दिन नेताहरुले एमाले सांसदहरुले संशोधन प्रस्ताव राखेर  परिस्थितिलाई दुर्घटनातर्फ लगे दुई दलबीच भएको समझदारीमा दरार आउने बताएका हुन ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिक र कूटनीतिक नियुक्ति गर्न नमिल्ने गरी कुलिङ पिरियड राख्ने सहमति बेगर जालझेल भएको आरोप नेताहरुले लगाएका छन ।

कुलिङ पिरियड दुई वर्ष राख्ने पूर्व सहमति अनुसार राष्ट्रिय सभाबाट निजामती सेवा विधेयकमा राख्न राज्य व्यवस्था तथा सुशासन समितिले यश अघि आग्रहसमेत गरेको छ । तर राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि कांग्रेस तरंगित भएको छ नेताहरुले बताए ।

महामन्त्री शर्माले भने राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रूपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ ।

हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रूपमा संशोधन प्रस्तावले गर्दा त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुई वटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ ।

महामन्त्रीद्वय थापा र शर्मासहित नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन  ।

नेताहरूले कुलिङ अफ पिरियड बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन फिर्ता नलिए सत्ता गठबन्धनमा नै संकट आउनसक्ने चेतावनी दिएका हुन  ।

नेता कोइरालाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेर कुलिङ अफ पिरियडको प्रावधान राख्नका लागि अडान लिनुपर्ने बताईरहेका छन ।