मिडिया बार्गेनिङ नमिल्दा सुनकोशी गाउँपालिकामा प्रोपोकाण्ड, कमल तामाङ विरुद्ध भ्रमछर्न संजालमा रोईलो

    
मिडिया बार्गेनिङ नमिल्दा सुनकोशी गाउँपालिकामा प्रोपोकाण्ड, कमल तामाङ विरुद्ध भ्रमछर्न संजालमा रोईलो

– (एक लाख १० हजारमा ५०० सय प्लेट खाना, खाजा, पानीको  बिल खसी र (मसलन्द)मसलाको रहेको खुलासा)

– (कार्यपालिका र गाउँसभा दुई दिनको खर्च न्यून रहेको आम सरोकारवालाको भनाई)

युबराज पहाडी

काठमाडौ । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा कमल तामाङ अध्यक्षमा निर्वाचित भएसगै गाउँपालिकाले आर्थिक अनुशासन, छिटो छरितो जनताको काम, भ्रष्टाचारको अन्त्य र सुशासनलाई समृद्धिको पहिलो खुड्किलो बनाएको छ ।

भ्रष्टाचारको कट्टर बिरोध, सुशासनको लागि मरिमेटेर काम गर्ने अध्यक्ष तामाङसग बार्गेनिङमा कुरा नमिल्दा एउटा समुह यो वा त्यो बाहनामा उनी प्रती सामाजिक संजालमा भ्रम फौलाउन प्रयास गरिरहेको छ । तामाङका अनुसार म आफ्ना आसेपासे कार्यकर्ताको आँखाको तारो भएको छु किनभने आफ्ना आसेपासे हेरेको भए सुनकोशी गाउँपालिकाले यो समृद्धि हासिल गर्न कठिन थियो ।

मैले मेरो पार्टी, मेरा कार्यकर्ता, मेरा बब, मेरो नजिकका मिडिया हेरेको भए नतिजा कस्तो हुने थियो त्यो सब्दमा भन्न सक्दिन । म ब्यक्ति कडा हौला, धेरैले नचिनेको पनि होला, अध्यक्ष घमण्डी मूर्ख छ होला जस्तो लागेको पनि होला तर मेरो मुल्यांकन गर्न कति काम गरे मेरो काम हेर्न बिरोध गर्न भन्दा अगाडी  एक पटक मुलखर्क टेकिदिन सम्पुर्ण जिल्लाबासी दाजुभाइलाई अनुरोध छ ।

जनताको काम गर्न छुट्याएको बजेट मिडियालाई दिनुपर्ने बाध्यताको अन्त्य गरिदिए त्यो रकम शैक्षिक सुधार र स्वास्थ क्षेत्रमा लगानी गरे, शैक्षिक क्षेत्र जिल्लामै प्रथम गाउँपालिका भयो त्यो मेरो कार्यकालको उपलब्धि हो । पालिकाका कुनै पनि कर्मचारीले कुनै बदमासी काम नगरेको परिणाम भौतिक, शैक्षिक र स्वास्थ क्षेत्रमा आएको समृद्धिले पुष्टि गरेको छ स्रोतको दाबी छ ।

जनताको काम परिमाणमा देखाउन खोज्दा आसेपासेको तारो हुने आसोपासे खुसी बनाउन खोजे जनताले दुख पाउने यथार्थका बिच मैले जनताको काम रोजे आसेपासे रिसाउदा सामाजिक संजाल तताउछन तत्काल भएको त्यही हो अध्यक्ष तामाङले भने ।मिडियालाई कामको आधारमा गर्ने सहयोग स्वयिकार्छु  तर मिडिया जब बार्गेनिङमा आउछन त्यस्तोको काम म कदापि गर्ने छैन मलाई मिडिया मिलाउन जनताले निर्वाचित गरेका होइनन ।

 खसी र मसलाको बिल बिवाद र यथार्थ 
यो भन्दा अघिल्लो बर्ष २०८१ असारमा धनबहादुर तामाङसँग सभा सञ्चालन हुँदा खसी खरिद शिर्षकमा दुई वटा खसी ४९ हजारमा र सोही मितिमा करिब ४०० जनाको लागि खाना, खाजा, पानीसहित जोडेर मसला (मसलान्द) खरिदको बिल ५८ हजार १ सय ५ रुपैंया खर्च गरेको कुरा अतिरन्जित गरेर खसीको मासु भन्दा मसलाको मुल्य महँगो भन्ने कुरा आएको हो गाउँपालिका स्रोतले भन्यो ।

कसैलाई बिश्वास नलागे गाउँठाउँमा हुने सामान्य भोजमा हुने खर्च हेर्न आग्रह गर्दै करिब ५०० प्लेट भन्दा बढीको खाना खाने, त्यतिकै सङ्ख्यामा खाजा खाने ठाउमा १ लाख १० हजार रकमले कस्तो खाना खान सकिन्छ त्यहा बदमासी भयो कि मितब्ययीता भयो अध्यक्ष तामाङले भने ।

बिल पेस  गर्दा एउटा बिल खसी र अर्को बिल मसलाको भयो होला तर यो मसलाको बिलमा खाना पकाउन चाहिने सम्पुर्ण सामाग्री रहेको प्रमुख कार्यकारी अधिकृत राम कुमार कार्कीले बताए । दुई दिनको ५०० प्लेट खाना र खाजा पानीसहित कति खर्च हुन्छ तपाई हामिले सहज अनुमान लगाउन सकिन्छ बास्तबिकता भन्दा बाहिर आबेगमा आएर बास्तबिकता मार्न पाईदैन कार्कीले भने ।

पालिकामा खसी र मसलाको विषयमा सुनकोशी सन्देशले बुझ्दा सरोकारवाला जनप्रतिनिधि तथा कर्मचारीले स्पष्ट पार्दै भने अघिल्लो दिन कार्यपालिका र पछिल्लो दिन गाउँसभा बस्छ, दिई दिन खाना र खाजा खर्चको रकम खसी र मसलाको बिलमा भुक्तानी भएको हो त्यति खर्चले कुन तरिकाको खाना खाईयो, खुवाईयो आफै बुझ्नु होला ।

पार्टी र बिचार नमिल्दैमा सङ्काको भरमा आलोचना नगर्न सुनकोशी गाउँपालिकाले सम्पुर्णमा आग्रह गर्दै यथार्थ कुरा बुझेर बिरोध गरे स्थानीय सरकारले थप जिम्मेवार हुन पाउने थियो । महालेखा परिक्षकको प्रतिबेदनले खर्चमा मितब्यहिता अपनाएको भएपनी बिल पेसगर्दा आशयमा ध्यान दिन भनेको पालिका स्रोतले बताएको छ ।