काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ । अहिले एमाले पार्टी कार्यालय च्यासलमा उनीहरुबीच भेटवार्ता जारी रहेको हो ।
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याबारे पछिल्लो समय पार्टी बैठकमा ओली पक्ष र भण्डारी पक्ष बिच चर्को विवाद हुने गरेको छ ।
भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा आएको बताएपछि विवाद चुलिएकाे हाे । तर, एमाले अध्यक्ष समेत रहेका ओलीले सदस्यता नवीकरण नभएको दाबी गर्दै आएका छन ।
आगामी महाधिवेशनमा पार्टी अध्यक्षको महत्वाकांक्षा बोकेर भण्डारी मैदानमा उत्रेपछी ओली समुहसग वारपारको लडाइँ पर्ने देखिन्छ । पहिलेका समन्ध बिर्सिएर ओली र भण्डारी मिलेर अगाडी बढ्छ्न वा दुश्मनी मोलेर हिड्छन केही समय कुर्न पर्ने स्रोतको दाबी छ । तर दुबैजनामा डरैडर रहेको बताईएको छ ।