चितवन । नेपाल भारत मानव बिकास एवम् मैत्री संघले चितवनका किसानलाई ट्याक्टर बितरण गरेको छ । आज संघले एक कार्यक्रमको आयोजना गरि हाते ट्याक्टर बितरण गरेको हो ।
ट्याक्टर बितरण कार्यक्रममा संघीय सांसद विक्रम पाण्डे, माडी नगरपालिकाका उपप्रमुख, भक्तपुर नगरपालिकाका मेयर चित्रसेन अधिकारी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, साना किसान कृषि सहकारी संस्था चितवन अन्तर्गत ८ आटा संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साम्सद पाण्डे, गान्धी ग्लोबल फेमिली नेपालका अध्यक्ष पार्वती भण्डारी, साना किसान विकास बैंकका अध्यक्ष तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति प्रा.डा. सरदा थापाले कार्यक्रममा शुभकामना दिएका थिए ।
साना किसान बिकास बैंकका अध्यक्ष पाठकले निःशुल्क रूपमा वितरण गरिएको हाते ट्याक्टरको सराहना गर्दै किसानहरूलाई किसान नेटवर्कमा जोडिन आह्वान गरे ।
संघका केन्द्रीय अध्यक्ष सूर्य भुसालले कार्यक्रमबारे प्रकाश पार्दै १० वटा ट्याक्टर निःशुल्क रूपमा वितरण गरिएको र वितरण गरेका कृषि संस्थाहरूले आफ्ना क्षेत्रका किसानहरूलाई आवश्यक परेको बेला उक्त ट्याक्टर निःशुल्क रूपमा उपलब्ध गराइदिन आग्रह गरेको संघका केन्द्रिय सदस्य चन्द्राकला तामाङले जानकारी दिएकी छिन ।