नेपाल भारत मानव बिकास एवम् मैत्री संघले चितवनका किसानलाई ट्याक्टर बितरण गर्ने भएको छ । भोली संघका अध्यक्ष सुर्य भुसाल ले हाते ट्रक्टर हस्तान्तरण गर्ने छन ।
चितवनका १० हजार घरधुरी को नेतृत्व गरेका ८ ओटा साना किसान कृषि सहकारी संस्थालाई उक्त १० वटा ट्रयाक्टर अनुदानमा बितरण हुने केन्द्रिय सदस्य चन्द्राकला तामाङले बताईन ।
संघका अध्यक्ष सुर्य भुसालले आज भरतपुरको गार्डेन होटेलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन ।