ओखलढुंगाको स्वास्थ क्षेत्रको समस्या समाधान गर्न स्वास्थ मन्त्री पौडेलसंग कुमार लुइँटेलको अनुरोध पत्र

    
ओखलढुंगाको स्वास्थ क्षेत्रको समस्या समाधान गर्न स्वास्थ मन्त्री पौडेलसंग कुमार लुइँटेलको अनुरोध पत्र

युबराज पहाडी

ओखलढुंगा । नेपाली काङ्ग्रेस  कोशी प्रदेश कार्यसमिति सदस्य तथा ओखलढुंगाका नेता कुमार लुइँटेलले स्वास्थ्य मन्त्री प्रदिप पौडेलसग स्वास्थ्य वीमाका लागि ओखलढुंगा  (जिल्ला अस्पताल रुम्जाटारलाई स्वास्थ बिमा सेवा) चम्पादेबी गाउँपालिकाको रानीबन प्राथमिक स्वास्थ्य केन्द्र र (ओखलढुंगा सामुदायिक अस्पताल मिसनलाई प्रथम सेवा बिन्दु)  कायम गर्न अनुरोध सहितको पत्र बुझाएका छन ।

मन्त्री पौडेलले केही नीतिगत कुरा मिलाउँन बाकी रहेको हुदा छिट्टै  समस्या समाधान हुने बताएको स्रोतले बतायो । लुइँटेल निरन्तर ओखलढुंगाका साना ठुला समस्या समाधान गर्न प्रयास नेता हुन ।  उनले पहल गरेका बिकास र योजना पूरा हुने भएकाले ठूलो सङ्ख्यामा ओखलढुंगाका नेता कार्यकर्ताको भिड लुइँटेलकोमा लाग्ने गरेको उनी निकट कार्यकर्ताले बताए ।