काठमाडौ । काठमाडौमा संचालन भईरहेको निलो माईक्रो बस संचालनमा प्रतिबन्ध लगाईएको छ । खाना पकाउने ग्याँस सिलिण्डरद्वार संचालित माईक्रोलाई आजबाट सडकमा गुड्न नदिएको ट्राफिक प्रहरीले बताएको छ ।
यात्रु बस्ने सिटमुनी ग्यास सिलिन्डर लडाएर चलाउने गरिएको माइक्रोहरूलाई ग्याँसको लागि छुट्टै ट्यांकीको ब्यबस्था गर्नुपर्ने भन्दै प्रहरीले संचालनमा रोक लगाएको हो । ग्यास सिलिन्डर सिटमुनि राखेर प्रयोग गर्दा विस्फोट हुने, यात्रु असुरक्षित हुने भएकाले ग्यास राख्ने छुट्टै ट्याङ्कीको ब्यबस्था नगर्दा सम्म प्रतिबन्ध लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौमा धेरै लामो इतिहास बनाएको यो निलो माईक्रो थानकोट, कलङ्की रत्नपार्क, चाबहिल, कपन, बौद्ध, जोरपाटी, गौशाला, कोटेश्वर, बानेश्वरको रुटमा चल्ने पुरानो यातायातको साधन हो । एकताका काठमाडौ बासीको अपरिहार्य यातायातको साधन यहि माईक्रो रहेको थियो ।