कुलिङ पिरियडमा ठुला पार्टी नेतृत्वको शङ्खास्पद भुमिका, खतिवडा फसाउने मुख्य योजना

    
कुलिङ पिरियडमा ठुला पार्टी नेतृत्वको शङ्खास्पद भुमिका, खतिवडा फसाउने मुख्य योजना

युबराज पहाडी

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ओखलढुंगाका संङ्घिय साम्सद रामहरि खतिवडाकोले छानबिन समितिले काम नसक्दा सम्म आफु राज्य ब्यबस्था तथा सुशासन समितिमा नजाने निर्णय गरेको नेपाली जनताको बिचमा प्रष्ट परेका छन ।

यद्यपि आफ्नो सम्लग्नता बेगर प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था जालझेलपुर्ण तरिकाले हटाएको विषयमा छानबिन समितिले छानबिन सुरु गरेको छ ।

रामहरि खतिवडालाई जसरी पनि ठेगान लगाउने प्रपन्चमा लागेको नेकपा एमालेको एउटा समुह, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सहित राजाबादी समुहको योजनामा कुलिङ  पिरियड तोडमोड गरिएको कर्मचारी भित्र हल्ला चलेको छ । राज्यब्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले एमाले, माओवादी, रास्वपाका नेतृत्वमा रहेका नेता विरुद्ध आम निर्वाचनमा समेत प्रभावित पार्ने गरेकाले जसरी पनि रामहरिलाई विवादको भुमरीमा फसाउँने प्रयास गरेका हुन स्रोतले भन्यो ।

खतिवडाको निष्ठा प्रती थोरै पनि शंका लागेन उनले गौरवका साथ उच्चस्तरीय छानबिन समितीको माग पनि गरेका हुन स्रोतले भन्यो ।पहिले पनि संभावना बोकेका नेता विरुद्ध यस्तो राष्ट्रद्रोह  काममा फसाईएका उदाहरण प्रसस्त छन तर यो पटक सारा नागरिकले खतिवडालाई साथ दिदा त्यस्तो योजना असफल भयो ठुलो रुप लिन सकेन एक कर्मचारीले भने ।  एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र रास्वपा नेतृत्व नै कुलिङ पिरिडय हटाउन हुदैन भन्ने पक्षमा थिए तर खतिवडा जसरी पनि हटाउन पर्छ भन्ने पक्षमा उभिएको ताजा स्मरण ती कर्मचारीले सुनाए ।

सम्बन्धित कर्मचारी अधिकृतलाई निलम्बन गरेर छानबिन चलाए दुधको दुध पानीको पानी छुटिने भएपनि एमाले, माओवादी, रास्वपा नेताकै मलद्वारे होलान भनेर त्यस्तो कारबाही गरिएन स्रोतले भन्यो । राजनीति दलका नेतृत्वकर्ताको सहमतिमा चुपचाप कानुन नै बदल्ने अपराध भयो तर दोश खतिवडाको थाप्लोमा थुपार्न खोजियो एक राजनीति बिष्लेषकले भने ।

जनताले रामहरि खतिवडाले यस्तो गल्ती गर्दैनन भनिरहे तर स्वचालित समुह विवादमा तान्न कोसिस गरिरह्यो अन्तत जित जनताको भयो । कानुनत कर्मचारी पहिलो अभियुक्त हुन्छ भन्छ तर अपराध र अपराधीलाई फेला पार्नु अगाडी सभापतिलाई मात्र निसाना बनाई राजनितीकरण गरिनुले सत्ता संचालन गरिरहेको पार्टी नेतृत्वको भुमिका शंकास्पद देखिन्छ जनताले भनेका छन ।