काठमाडौ । रसुवा जिल्लाको भोटेकोसीमा फसेका बाढी प्रभावितलाई उद्धार गर्ने क्रममा चिनियाँ भूमिमा चिनियाँ सेनाको नियन्त्रणमा रहेको नेपाली सेनाको हेलिकप्टर आज बिहान नेपाल फर्किएको छ ।
हिजो बुधबार सेनाको हेलिकप्टर चिनियाँ भूमिमै रोकिएको थियो । सेनाले सामान्य प्राविधिक समस्या आएको दाबी गरे पनि चिनियाँ भूमिमा अनुमतिविना जाँदा रोकिएको स्थानीय सुरक्षा स्रोतले जानकारी दिएको छ ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गृहमन्त्रालयको पहल पछि सम्पुर्ण प्रक्रिया पूरा गरेर आज बिहान चिनियाँ जनमुक्ति सेनाले हेलिकप्टर नेपाल फिर्ता पठाएको स्रोतको दाबी छ ।