नेपाली काङ्ग्रेस पार्टी नेतृत्व रामहरि खतिवडाको प्रतिरक्षामा एक ढिक्का, बिना गल्तिको असह्य आरोप अस्विकार

    
नेपाली काङ्ग्रेस पार्टी नेतृत्व रामहरि खतिवडाको प्रतिरक्षामा एक ढिक्का, बिना गल्तिको असह्य आरोप अस्विकार

युबराज पहाडी
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ओखलढुंगाका संङ्घिय साम्सद रामहरि खतिवडाको पक्षमा पार्टी नेतृत्व एक ढिक्का भएको छ ।

राज्य ब्यबस्था तथा सुशासन समिति सभापति खतिवडाको सम्लग्नता बेगर प्रतिनिधि सभाबाट असार १५ गते पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था हटेको विषयमा उनी माथि निरन्तर आक्रमण जारी रहदा पार्टी पङ्ती एक ढिक्का भएको हो ।

खतिवडाले समितिको बैठक नै राखेर आफ्नो सम्लग्नता कहि कतै पुष्टि भए कारबाही भोग्न तयार रहेको स्पष्ट पार्दा समेत उनी माथि बिबादास्पद बिषय उठाउन एउटा समुह लागेपछि नेपाली काङ्ग्रेसको सम्पुर्ण पार्टी नेतृत्व एक ढिक्का भई  काङ्ग्रेसको नेतृत्वमा छानबिन समिति बनाउन सहमत भएको छ ।

पछिल्ला दिन सम्म आउदा रास्वपाका रबि लामिछाने, डिपी अर्याल राजसस्थाको पक्षधर राप्रपा लगायत समुह र अन्य पार्टी नेतृत्वको बदमासी कार्यको खरो बिरोध तथा सुशासनको पक्षमा उभिदा खतिवडा माथि निरन्तर आक्रमण भएसगै पार्टी नेतृत्व उनको पक्षमा उभिएको हो ।

पार्टीको जारी केन्द्रिय समितिको बैठकमा पार्टी सभापति शेर बहादुर देउवा, उपसभापतिद्वय पुर्ण बहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, बिश्व प्रकाश शर्मा र नेताहरु शेखर कोइराला, डा. आरजु राणा, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला लगायतको नेतृत्व उनको प्रतिरक्षामा एक भई उभिएको हो ।

पार्टी सभापति देउवाले खतिवडाले कुनै पनि गल्ती नगरेको भएपनि उनी विरुद्ध केही उच्छृङ्खल तत्व बदनाम गराउन लागेकाले सजग हुन पार्टी पङ्तिलाई आग्रह गरेका छन । देउवाको स्पष्ट सन्देश छ समितिका सभापति खतिवडाको राजीनामा आउदैन तर छानबिन समितिले छानबिन गरेर दोसी जो देखिन्छ त्यसलाई कारबाही हुन्छ ।

नेपाली काङ्ग्रेस स्रोतका अनुसार जारी केन्द्रिय समिति बैठकको दौरानमा पार्टीको सम्पुर्ण नेतृत्व रामहरि खतिवडाले कुनै पनि गल्ती नगरेको निष्कर्षमा पुगेको हो । छानबिन समिति मार्फत छानबिन भएर सत्यतथ्य बाहिर आउने हुदा  हचुवाको भरमा आरोप लगाउनु प्रतिशोध साध्नु हो, को दोशी को निर्दोष छानबिन पछि स्पष्ट हुने हुदा उनिमाथि आक्रमण नियोजित रहेको निष्कर्षमा नेपाली काङ्ग्रेसको नेतृत्व पुगेको छ पार्टी स्रोतले भन्यो ।

कुनै पनि हालतमा खतिवडालाई बिबादास्पद भुमिकामा तान्न  नसके केहि पार्टी र केही नेताको भबिष्य डामाडोल हुने संभावनाका साथ उनलाई जबर्जस्त बिबादास्पद बनाउन स्वार्थी समुह हाबी भएको निष्कर्षमा पार्टी पुगेको छ स्रोतले भन्यो ।

रामहरि खतिवडा ठेगान लगाउन सके आफ्नो स्वार्थ पूरा गर्न सजिलो हुने हुदा सानो स्वचालित समुह सामाजिक संजालमा कालो पोत्न प्रयासरत रहेको छ तर नेपाली काङ्ग्रेस पार्टी नेतृत्व उनको पक्षमा उभिएकाले स्वार्थ समुह अन्योलमा परेको विश्लेषण हुन थालेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आए आफू समितिबाट हट्न तयार रहेको स्पष्ट पारिरहेका छन तर बिना गल्ती पार्टीले उनलाई हटाउन खोज्दैन पार्टी स्रोतले भन्यो ।

राजनीतिको खोल ओडेर देश र जनताको दोहन गर्ने पात्र र प्रवृत्ति विरुद्ध खरो उत्रने खतिवडालाई विवादमा ल्याउन सकिन्छ कि भनेर केही तत्वहरु अझै कोसिस गरिरहेका छन तर उनी निर्दोष रहेकाले कसैले चाहदैमा बदनाम हुदैनन स्रोतले भन्यो ।