काठमाडौ । आगामी दिनको मौसमलाई मध्यनजर गरि बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेसी उताको र सिन्धुलीको खुर्कोट भन्दा यताको खण्ड रातिको समयमा बन्द हुने भएको छ ।
काभ्रेपलान्चोक, रामेछाप र सिन्धुली जिल्ला प्रशासन कार्यालयले केही समय अगाडीबाट रातिको समय बन्द गराएको उक्त सडक खण्ड थप एक महिना बन्द गराउने सूचना जारी गरेको हो । सडक साझ ६:३० देखि बिहान ५ बजे सम्म पुर्ण रुपमा बन्द रहने उल्लेख छ ।
Post Views: 322