ओखलढुंगाको शान हुन रामहरि खतिवडा, झुक्दैन उनको शान देश र जनताको आवाज बोलिरहन्छन

    
ओखलढुंगाको शान हुन रामहरि खतिवडा, झुक्दैन उनको शान देश र जनताको आवाज बोलिरहन्छन

युबराज पहाडी

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  ओखलढुंगाका संङ्घिय साम्सद रामहरि खतिवडा विरुद्ध एउटा सानो झुन्ड बिबादास्पद बनाउन  कम्मर कसेर लागेको छ ।  राज्य ब्यबस्था तथा सुशासन समिति सभापति खतिवडाको राजनीति नसके केहि पार्टी र केही नेताको भबिष्य डामाडोल हुने संभावना रहेकाले उनलाई जबर्जस्त बिबादास्पद बनाई आफ्नो स्वार्थ पूरा गर्न सानो स्वचालित समुह न्वारान देखिको बल लगाउन प्रयासरत रहेको हो ।

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था समितिबाट पारित भएको भन्दा  षड्यन्त्र पुर्बक केही फरक प्रावधान घुसाउन सफल भएको उक्त समुह सभापति खतिवडालाई विवादमा पारेर राजनीति फाईदा लिन खोजिरहेको छ ।

खतिवडाले छानबिन समिति गठन गरौं यदि मेरो सम्लग्नता पुष्टि भए कारबाही भोग्न तयार छु भन्दै समितिले छानबिन गरेर प्रतिबेदन नदिदा सम्म समितिमा नफर्कने बताई सक्दा समेत जबर्जस्त विवाद निकाल्ने उक्त स्वचालित समुह यो वा त्यो बाहनामा विवाद निकाल्न ब्यस्त छ । सामाजिक संजालबाट ठूलो बिबाद ल्याउन सकिन्छ कि भनेर स्वचालित समुह लागेको भएपनी खतिवडाको बिपक्षमा भन्दा उनको स्वाभिमानको पक्षमा संजाल उभिएसगै उक्त समूह अनर्गल कु प्रचार गरि चरीत्रहत्या गर्न प्रयासरत छ ।

खतिवडाले गर्ने खबरदारी, भ्रष्टाचार, बेथिति र बिसङ्गतीका बिरुद्व बोल्दा केही पार्टी र केही नेताको राजनीति सकिने आकलन गरेर उनलाई जबर्जस्ति विवादको भुमरीमा फसाएर आफ्नो अभिष्ट पूरा गर्ने केहि समुह अझै तानाबुना बुनिरहेका छन ।  सामाजिक संजालको प्रतिक्रिया हेर्दा खतिवडाले गल्ती गर्दैनन तर उनलाई जबर्जस्ति दोस थुपार्ने काम भएको आभास हुन्छ भन्दै एक सामाजिक अभियान्ताले भने उनलाई सक्ने प्रपन्च सफल हुदैन ।

ओखलढुंगाको एउटा तप्का खतिवडा विरुद्ध आउने समाचार तोडमोड गरेर विवाद झिक्न खोजिरहेको छ तर उनी बिनाको ओखलढुंगा न पावरफुल हुन्छ न गतिशील हुन्छ । ओखलढुंगाको लागि उनी दुख सुखका साहरा हुन । पार्टी भन्दा माथी उठेर हेर्ने ओखलढुंगाका हरेक नागरिकको भरोसा उनी प्रती घटेको होइन बढेको छ ।

रामहरिलाई मुद्वा पर्दा मिलाउन वा बचाउन, सुत्केरीको उद्वार गर्न, जिल्लाबासी  बिरामी भयो हेलिकप्टर  झिकाउन, बेरोजगारलाई जागिर लगाइदिन, सरुवा बढुवा गरिदिन, हस्पिटलमा आईदिन छुट गराईदिन, बिध्यालय, शिक्षालय, स्वास्थलय, बाटा घाटा बनाईदिन, बिकास र समृद्ध ओखलढुंगा निर्माण गर्न जनताले पलपल आग्रह गरेको देख्न नसक्ने तप्का संजालका भित्ता धमिलो बनाउन लागेपनि खतिवडाको पक्षमा आवाज घन्किरहेको छ ।

देश र जनताको पक्षमा लड्दै आएका उनी न त कसैले झुकाउन खोज्दा झुक्ने छन न त ओखलढुंगाको स्वाभिमान झुकाउने छन । अन्तत उनी विरुद्ध नियोजित रुपमा परिचालित समुह थाक्ने र झुक्ने छ राजनीति अभियान्ताको भनाई छ ।