युबराज पहाडी
काठमाडौ । नेपाल–भारत मानव विकास एवं मैत्री संघ (Nepal-India Human Development and Friendship Association) को केन्द्रिय सदस्यमा चन्द्रकला तामाङ मनोनीत भएकी छिन ।
संघका अध्यक्ष सूर्य भुसालले तामाङलाई केन्द्रिय सदस्यमा मनोनीत गरेका हुन । नेपाली कांग्रेस ओखलढुंगाकि युबा नेतृ तामाङ काठमाडौंमा समेत सामाजिक–राजनीतिक गतिविधिमा सक्रिय छिन ।
नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पद्मकन्या क्याम्पस इकाई सभापति तथा स्वबियु उपसभापति रहेकी तामाङले भारत र नेपालबीचको बलियो सम्बन्ध निर्माणमा सक्रिय भूमिका खेल्दै आएको कारण केन्द्रिय सदस्यमा मनोनीत गरिएको संघले जनाएको छ । तामाङले बाल्यकाल भारतमा बिताएको कारण भारत बारे उनी जानकार छिन ।
स्रोतका अनुसार नेपालको राजनीतिक अवस्थालाई स्थिर बनाउन र छिमेकी भारतसँग घनिष्ठ सम्बन्ध प्रवर्द्धन गर्न रचनात्मक भूमिका खेल्दै संघ यहाँ सम्म आएको हो । संघ आज भन्दा २७ बर्ष अगाडी स्थापना भई विभिन्न क्रियाकलापमा सक्रिय छ ।