काठमाडौ । पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पत्रकार पाठकले काठमाडौंको हिलटन होटल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयबीर देउवाले किनेको विषयमा प्रकाशन गरेका थिए । जयबीरले झुटो समाचार छापेर मानमर्दन गरेको भन्दै साइबर क्राइममा उजुरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीको भनाई छ ।
पिता देउवा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति र आमा डाक्टर आरजु राणा देउवा परराष्ट्र मन्त्री छिन । उहाँहरुले नै पक्राउ गरेरै छाडनुपर्छ भनेर प्रहरीमा दवाव दिएको कारण दबाब थेग्न नसकेपछि अदालतबाट पुर्जी लिइएको प्रहरी स्रोतले बतायो । प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।
काठमाडौंस्थित नक्सालमा रहेको हिल्टन होटल जयवीर देउवाले खरिद गरेको भन्ने खबरका आधारमा साइबर ब्यूरोमा देउवाले उजुरी दिएका थिए । पाठक आवद्ध सञ्चार माध्यममा जयवीरले होटलको सेयर किनेको दाबीसहित खबर प्रशारण भएको थियो ।
काठमाडौंस्थित नक्सालमा रहेको हिल्टन होटल जयवीर देउवाले खरिद गरेको भन्ने खबरका आधारमा साइबर ब्यूरोमा देउवाले उजुरी दिनुभएको थियो । पाठक आवद्ध सञ्चार माध्यममा जयवीरले होटलको सेयर किनेको दाबीसहित खबर प्रशारण भएको थियो ।