युबराज पहाडी
काठमाडौ । कामको सिलसिलामा नेपाल भन्दा बाहिरको देश बेलायतमा बसोबास गर्ने नेपालीहरुका संघ संगठन जस्तै ओखलढुंगेलिको पनि बेलायतमा समाज क्रियाशिल रहेको छ । बेलायतमा बसेर पनि जिल्लाको बिकास र समृद्धिमा टेवा पुर्याउने उदेश्यले त्यहा बस्ने ओखलढुंगाका नागरिकले समाज गठन गरेका हुन ।
उक्त ओखलढुंगा जिल्ला समाज युकेको अध्यक्षमा राजदेबी गुरुङ चयन भएकी छिन । समाजको महासचिवमा बलदीप तामाङ चुनिएका छन । अध्यक्ष गुरुङ ओखलढुंगाको रुम्जाटार निवासी हुन । उनी ओखलढुंगाको सामाजिक कार्यमा सक्रिय ब्यक्ति हुन ।
समाजको कार्यक्रममा कोडिनेटर कृष्ण गुरुङ निबर्तमान अध्यक्ष नानी बाबू मगर, नारायण गुरुङ, बिष्णु राज गुरुङ, सहिमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
नेपाल र नेपली समुदायको बेलायतमा आई पर्ने समस्या समाधानमा अध्यक्ष गुरुङको विशेष भुमिका हुने गरेको बेलायतमा बसोबास गर्ने एक नेपालीले बताए ।