काठमाडौ । यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरे पछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।
ब्यबसायीले आज देखि सार्बजनिक यातायात अनिश्चित कालिन बन्द गरेको बताएका छन । यधपी सरकार र यातायात ब्याबसायी बिच सिंहदरबारमा बार्ता जारी छ ।
प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । बस काठमाडौ ललितपुर र भक्तपुरका विभिन्न ठाउँ पुग्ने छन । प्रहरीले सर्बसाधारणलाई सेवा लिन सूचना मार्फत आग्रह गरेको छ ।