नेपाली काङ्ग्रेस निकट नेपाल तामाङ संघ ललितपुरको सभापतिमा तिर्थ घलान निर्वाचित

    
नेपाली काङ्ग्रेस निकट नेपाल तामाङ संघ ललितपुरको सभापतिमा तिर्थ घलान निर्वाचित

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तामाङ संघ ललितपुर जिल्लाको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट ललितपुर जिल्ला सभापतिमा तिर्थ बहादुर तामाङ  (घलान) सर्बसम्मत निर्वाचित भएका हुन ।

निर्वाचित कार्यसमितिका उपसभापतिमा राजकुमार तामाङ, कृष्ण थोकर, नम्रता तामाङ सचीवमा कृष्ण बहादुर तामाङ, सहसचिवमा मनोज घ्यावा तामाङ, सन्तलाल तामाङ, कोषाध्यक्षमा समीर थिङ तामाङ रहेका छन ।

त्यस्तै सदस्यहरुमा विमला तामाङ (महिला), जया घलान (महिला), गणेशमान नेगि, कुमार तामाङ, श्याम तामाङ, लुकमान लो तामाङ, गणेश बहादुर तामाङ, कृष्ण दोङ तामाङ, देवराज तामाङ, रोमन स्याङ्तान तामाङ, दिनेश लो तामाङ, कुमार ब्लोन तामाङ, लवाङ तामाङ, मनोज थिङ तामाङ, मिना बल तामाङ,निरोज घिसिङ निर्वाचित भएका हुन ।

निर्वाचित सम्पुर्णलाई आजै नेपाल तामाङ संघका केन्द्रिय अध्यक्ष रामकृष्ण तामाङले सपथ ग्रहण गराएका छन । अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामा, नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण (इन्द्र) तामाङ, नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, बागमती प्रदेशका सह–महामन्त्री ऋषिराम घिमिरे, ललितपुरका क्षेत्रीय सभापति सुन्दरमान थिङ, नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुभाष तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

अधिबेशनमा बोल्ने बक्ताहरुले संघले आगामी दिनमा खेल्नु पर्ने भुमिकाको बारे बोलेका थिए । ललितपुर जिल्ला तामाङ समुदायको बाहुल्य क्षेत्र समेत रहेको कारण यो जिल्लामा तामाङ संघ सशक्त  रहेको संघका केन्द्रिय अध्यक्ष रामकृष्ण तामाङले बताए ।