काठमाडौ । बिगत लामो समयदेखि लगातार आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ नेतृत्वको आन्दोलनमा प्रहरीले आज बानेश्वरमा पानीको फोहोरा हानेको छ ।
निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा शिक्षक कर्मचारी माथी प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको हो । पानीको फोहोरा र लाठीचार्जबाट केही शिक्षक घाइते भएको महासंघले बताएको छ ।
आन्दोलन थप भड्काउन सरकारले नियोजित रूपमा परिचालन गरेका केही उच्छृङ्खल ब्यक्तिले निषेधित क्षेत्र तोड्न खोजेको कारण स्थिति तनावग्रस्त बनेको थियो । आन्दोलनमा घुसपैठ गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।