काठमाडौ । सुरक्षा ब्यबसायी संगठन नेपालको १७ औ बार्षिक साधारण सभाबाट अध्यक्षमा खेम राज भण्डारी निर्वाचित भएका छन ।
संगठनको उपाध्यक्षमा प्रमोद आचार्य, सबल चन्द्र शाह भोज कुमार श्रेष्ठ महासचिवमा बिष्णु प्रसाद तिमल्सिना सचिबमा बिजय कुमार तामाङ सहसचिबमा अच्युत राज गौतम कोषाध्यक्षमा उद्धब चमरेल र सदस्यहरुमा नारायण प्रसाद श्रेष्ठ, ओम प्रसाद धमला, दीपक सेढाई, महेश कुमार कुशवाहा, इस्वरी प्रसाद पौडेल निर्बचित भएका हुन ।