काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगा- काठमाडौ उपत्यका सम्पर्क समितिले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्रेपात्रो बिमोचन कार्यक्रमको आयोजना गरेको छ ।
सम्पर्क सभापति खिलानाथ लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री एनपी साउद, राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति ओखलढुंगाको आशाको केन्द्र रामहरि खतिवडा, प्रदिप सुनुवार, पार्टी सभापति तथा मेयर तेजेन्द्र खनाल, पार्टी उपसभापति कमल तामाङ, प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहाल, कोशी प्रदेश कार्यसमिति सदस्य कुमार लुइँटेल, रुद्र प्रसाद अधिकारी, गङ्गा कार्की लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
ठूलो सङ्ख्या उपस्थित रहेका नेता तथा कार्यकर्ता बिच सौहार्दपुर्ण बाताबरणमा शुभकामना आदानप्रदान भएको थियो ।