काठमाडौं । नेपालमा सामाजिक सञ्जाल फ्रेमवर्कले दर्ता हुन अटेर गरिरहेका छन । सरकारले पटकपटक उनीहरूलाई दर्ताको लागि आग्रह गर्दै आएको छ । तर उनिहरु विभिन्न बहानामा पन्छिँदै आएका छन । पटक पटक आग्रह गर्दा पनि दर्ता हुन न आए फेसबुक, ह्वाटसप, म्यासेन्जर, भाईबर बन्द गरिने संचार तथा प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चेतावनी दिएका हुन । नेपाल दुरसंचार प्राधिकरणले पनि सरकारले आदेश गर्ने बितिकै नेपालमा फेसबुक लगायतका संजाल बन्द गर्न सक्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।
विभिन्न तवरबाट विश्वका धेरै मानिसको दैनिक जीवनमा फेसबुक जोडिएको छ । तर सबै देशमा यसलाई सजिलै चलाउन पाइँदैन । बिश्वका ७ देशले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन । चीनमा २००९, रुस २०२२, इरान २००९, उत्तरकोरिया २०१६, म्यान्मार २०२१, तुर्कमानिस्थान २०१८, युगाण्डा २०२१ ले फेसबुकमाथि पुर्ण प्रतिबन्ध लगाएका छन ।