सिन्धुली । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार विरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अबिबाहित १८ वर्षिय एक बालिकाले बच्चा जन्माएपछी जवरजस्ती करणी गरेको घटना बाहिर आएको हो । पीडितका आफन्तले हिजो प्रहरीमा जाहेरी दर्ता गराएको सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले बताए ।
दुधौली नगरपालिका स्थित एक होटलमा काम गर्दै आएकी बालिकालाई मेयर दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ । दनुवारलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको स्रोतको दाबी छ । पीडित महिलाले बच्चा गत फागुनमा जन्माएको बताईएको छ ।