सिद्विचरण नगरपालिकाको सहयोगमा ओखलढुंगाको मिशन अस्पतालमा निशुल्क मुटुको स्वास्थ परिक्षण हुने

    
सिद्विचरण नगरपालिकाको सहयोगमा ओखलढुंगाको मिशन अस्पतालमा निशुल्क मुटुको स्वास्थ परिक्षण हुने

ओखलढुंगा । सिद्धिचरण नगरपालिका ओखलढुंगाको आयोजनामा त्रिभुवन बिश्वबिध्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जको प्राबिधिक सहयोगमा ओखलढुंगाको सामुदायिक  अस्पताल (मिशन) मा निशुल्क मुटु परिक्षण हुने भएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. रत्नमणि गजुरेलको नेतृत्वमा सहभागी हुने चिकित्सकहरुबाट मुटुको निशुल्क स्वास्थ्य परीक्षण गरिने भएको हो । परिक्षणमा डा. गजुरेलको अलवा डा. हेमन्त श्रेष्ठ, डा. संजीव थापा, डा. राजाराम खनाल र डा. रबि बराल सहभागी हुने सिद्विचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए ।

खनालका अनुसार शिबिर संचालन यहि बैशाख १८ गते सामुदायिक अस्पतालमा हुने छ । सिद्विचरण नगरपालिकाले मुटु रोग जस्तो जटिल रोगको निशुल्क परिक्षण गराउने प्रयास गरेको भन्दै ओखलढुंगाका स्थानीय जनताले विशेष चासोका साथ हेरिरहेका छन ।