ओखलढुंगा । आदिबासी जनजाती युवा महासंघ नेपालको छैटौं केन्द्रीय महाधिवेशन ओखलढुंगाको सदरमुकाममा सम्पन्न भएको छ । आज सम्पन्न भएको महाधिवेशनमा किरण श्रेष्ठ(सिन्धुली) अध्यक्षमा निर्वाचित भएका हुन । उप महासचिबमा नेपाली काङ्ग्रेस सुनकोशी गाउँपालिका उपसभापति, सुभाष तामाङ निर्वाचित भएका छन ।
ओखलढुंगाको राजनीतिमा चर्चित नेता तामाङ युवामाझ लोकप्रिय छन । उनी नेपाली काङ्ग्रेसको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कोशी प्रदेश संयोजक समेत हुन ।