न्यून उपस्थितिको लाज ढाक्न राप्रपाको अर्को बदमासी सिंहबरबारमा पर्चा छर्दै पक्राउ पर्ने बाहाना

    
न्यून उपस्थितिको लाज ढाक्न राप्रपाको अर्को बदमासी सिंहबरबारमा पर्चा छर्दै पक्राउ पर्ने बाहाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता  ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।

सडकमा न्यून उपस्थिति देखिएपछी प्रदर्शन स्थलमा जानू भन्दा बरु सुनियोजित रुपमा गिरफ्तारी दिएको बाहाना गर्न  सिंहदरबार भित्र उनीहरुले गणतन्त्र विरुद्ध प्लेकार्ड देखाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनी सिंहदरवारस्थित संसदीय दलको कार्यालयबाट सिंहदरवारको दक्षिण गेटतर्फ अघी बढेका थिए । सो क्रममा उनीहरुले गोजीबाट पम्प्लेट निकालेर प्रदर्शन प्रयास गरेका थिए ।