लिखु गाउँपालिका अध्यक्ष कार्कीलाई मातृशोक, ८७ वर्षीया आमाको निधन

    
लिखु गाउँपालिका अध्यक्ष कार्कीलाई मातृशोक, ८७ वर्षीया आमाको निधन

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीकि ममतामयी आमाको निधन भएको छ । आज बिहान अध्यक्ष कार्कीकि आमा ८७ वर्षीय मनमाया कार्कीको आफ्नै निजि निवास यसममा निधन भएको हो ।

मृतक कार्कीका ६ छोरा अशोक कार्की, घनबहादुर कार्की, मेघबहादुर कार्की, रणबहादुर कार्की, अम्बर बहादुर कार्की र बिष्णुकुमार कार्की तथा  ६ छोरीहरु गोल कुमारी, पुर्णमाया, चेलिमाया, गुन्जमाया, यसोदा र गोमा रहेका छन ।

लिखु गाउँपालिका अध्यक्ष कार्की नेपाली काङ्ग्रेस ओखलढुंगाका महाधिवेशन प्रतिनिधि, पुर्ब पार्टी सचीव तथा भुमी आयोग ओखलढुंगाका पुर्ब जिल्ला अध्यक्ष समेत हुन ।

नेपाली काङ्ग्रेस पार्टीको लिखु गाउँपालिका भित्र लामो  इतिहास जोडीएको कार्की परिवार भित्र परेको बज्रपात प्रती नेपाली काङ्ग्रेस पार्टी कार्यालय ओखलढुंगाले गहिरो समबेदना प्रकट गरेको छ । पार्टी सभापति तेजेन्द्र खनालले मृतक कार्की प्रती गहिरो समबेदना प्रकट गरेका हुन ।

उनको निधन प्रती पार्टीका केन्द्रिय सदस्य तथा सङ्घिय साम्सद रामहरि खतिवडा लगायत विभिन्न पार्टीका नेता, संघ सस्थाले गहिरो समबेदना प्रकट गरेका छन ।