उमेश उदास
बिरगंज । मधेस प्रदेशको ब्यापारिक केन्द्र पर्साको वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायका बिच दङ्गा भड्किए पछि प्रशासनले कर्फ्यु लगाउने तयारी भएको छ ।
हनुमान जयन्तीको रथयात्रा तान्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएसगै वीरगञ्जको अवस्था तनावग्रस्त बनेको हो ।
रातको समयमा थप क्षेती नहोस भनेर कर्फ्यु लगाउने तयारी भएको छ स्रोतले भन्यो । आक्रोशित केही समुह स्थानीयको घर तथा पसल आगजनीमा उत्रिएका कारण स्थिति थप तनावग्रस्त बनेको बताईएको छ ।