फ्रान्सबाट शोभा गजुरेलको ब्लग प्रेम र बिश्वास

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग प्रेम र बिश्वास

प्रेम आँफै मा एउटा सम्मानित शब्द बन्छ जब त्यस्ले कसैको जिबन मा सुनौलो बिहानि जन्माउन सक्छ । नयाँ बिहानि को पर्खाइ मा बसेका लाई यस्ले उज्यालो छर्ने गर्छ । तर खै आजकल मैले प्रेम को परिभाशा लाई नै, गुमनाम गराइरहने मान्छे मात्र देख्छु ।

स्वार्थ मा प्रेम लाई प्रयोग गरिन्छ । अरुको स्वाभिमान लाई कूल्चन प्रेम को नाटक गरिन्छ । त्यो प्रेम जहाँ विश्वाश होइन धोका हरु को लाबालस्कर उर्लेर आयको अनिभुती हुन्छ । नैतीकता बेचेर सकिय पछी प्रेम लाई अनुभुती गर्ने हरु लाई देख्दा दया जागेर आउछ । त्यो प्रेम को गहिराइ कता हरायो जस्को याद्ग ले मात्रै पनि जिबन मा सबै कुराहरु पायको अनुभुती महसुस हुने । वर्सौ सम्म नभेट्दा पनि याद हरु ताजै रहने ।

अनुभुती गर्दा पनि स्पर्स को आभाश हिर्दय मै छोयको जस्तो त्यी प्रेम हरु आज कता लोप भय खै ? कहाँ बाट सुरु गरौ त्यो कथा अब कथा मा मात्र पढ्न पाइने भयो प्रेम को परिभाशा सबै बद्लियो । आभाश छैन प्रेम मा अनुभुती चाहियको छ त्याग होइन प्रेम मा प्रयोग चाहियको छ विश्वाश होइन प्रेम त अहिले यक्कै छिन् मा बद्लिय को छ धोका सारथी बन्यो । प्रेम को अर्थ पैसामा लगाइन्छ । नैतीकता जती बेचोस् पैसा छ भने उसका लागि प्रेम प्राप्त हुन्छ स्वाभिमान जती गिरोस त्यस्ले केही अर्थ राख्दैन विश्वाश को खडेरी मा प्रेम जोगाउन सक्ने कुरा पनि त आयन प्रेम लोप हुँदैछ ।

प्रेम लाई प्रयोग को रुप मा हेरिन्छ । हिर्दय मा होइन त्यो त देखावोटी पसल मा सजाइयका सामान जस्तै सजाइन्छ कस्लाई कुन मन पर्छ ? उसले त्यो उठाउने पैसा हुने ले किन्ने नहुने, ले ? यसरी गरिने प्रेम बाट उत्पन्न हुने समस्या ले समाज लाई बिक्रिती को ठुला ठुला खाडल हरु भित्र धकेल्दै छ जब प्रेम मा नै, बिश्वासघात हुन्छ भने अरु कुराहरु मा ति मान्छे सग यो समाज ले के नै, पाउला र ? आफ्नो फाईदा को लागि अरुलाई प्रयोग गर्ने कला भयका हरु ले प्रेम को अर्थ लाई तुच्छ बनायका छन । त्यस्लाई रोक्ने कसरी अब मुनामदन हरु लाई नै, बद्ननाम गर्न तिनिहरु लागि परेका छन ।

प्रेम लाई कहलीलाग्दो भिर बाट खसालिदै छ त्यो छेत बिछेत भयर पछारिने पक्का छ प्रेम बिना को मानब जिबन ब्यर्थ बन्ने पक्का छ त्यो जिबन के जिबन जो पसुले जिउने जस्तै बन्छ । प्रेम छैन छोराछोरी जन्माउने मेसिन मात्र नारी हुन्छ । मानब को जन्म त होला तर मानब मानब होइन प्रेम बिनाको मानब जिबन पसु को जस्तैबन्ने छ भाबनात्मक सम्बन्ध होइन सम्बन्ध पैसा मा बिक्री हुन्छ भने त्यो परिवार परिवार होइन बोझ बन्ने छ ।

प्रेम विश्वाश स्वाभिमान र नैतीकता हराउदै गयको समाज समाज होइन जेल बन्ने छ खुशी हारायको अन्द्यारो अन्धो कर्तब्य हिन मानब हरु को हुल ले अब यो समाज बन्ने छ । बिक्रिती डिप्रेसन् का सिकार मानिस पसु जस्तै हुने छन पसु जस्तै हुने छन ।(लेखक गजुरेल हाल फ्रान्समा छिन)