जसपा नेपाल राैतहटको अध्यक्षमा राजिव रंजन यादव भिडने पक्का

    
जसपा नेपाल  राैतहटको अध्यक्षमा  राजिव रंजन यादव भिडने पक्का

प्रेमचन्द्र झा

राैतहट । बाैधीमाई नगरपाकाका पुर्व नगर प्रमुख मेयर राजिव रन्जन यादवले जनता समाजवादी पार्टीको जिल्ला अध्यक्ष पदका लागि ईच्छुक रहेको बताएका छन । जसपा राैतहटका लोकप्रिय युवा नेता समेत रहेका यादवले बाैधीमाई नगरपालिका ४ ईनबारी स्थित आफनै निवासमा सोमबार पत्रकारसंग कुरा गर्दै आफु अध्यक्ष पदमा सर्वसम्मत वा निर्वाचन प्रकृयाबाट भएपनि तयार रहेकाे खुलासा गरेका हुन ।

जनता समाजवादी पार्टीका राैतहट जिल्ला स्थित वरिष्ठ नेता गाेविन्द चाैधरी, राम किशाेर यादव (किशोरी यादव), अब्दुल कलाम आजाद भन्ने शेख फुलबाबु र याेगेन्द्र यादवले गरेको निर्णय समेत आफु मान्न तयार रहेको बताए ।

उहाहरुले आफुलाई जिम्मेवारी दिन तयार भए आफु अध्यक्ष पदमा सर्वसम्मत वा निर्वाचन प्रकृयाबाट पनि तयार रहेकाे बताएका छन । यहीँ चैत २६ र २७ गते जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको जिल्ला अधिवेशन हुन गइरहेको छ । एक विशेष स्रोतका अनुसार जिल्ला अध्यक्ष पदमा बौधिमाई नपाका पूर्व-मेयर राजीव रंजन यादव उर्फ राजुको उम्मेदवारी हुने पक्का नै रहेको छ ।

जिल्ला अध्यक्ष पदमा चुनाव भए अरु जाे सुकै उमेदवार हाेस तर राजिव रंजन उमेदबार हुने पक्का रहेको स्रोतले दाबी गरेको छ ।
विगत लामो समयदेखि निरन्तर जसपा नेपालमै रही आफ्नो राजनीतिक यात्रा अगाडि बढाउदै आएका र अबको देशको हरेक क्षेत्रमा युवा वर्गको खोजि भइरहेकोले रौतहटको आगामी जसपा नेपालको जिल्ला अधिवेशनमा  जसरी भएपनि राजु यादवलाई नै जिम्मेवारी दिने वातावरण भइसकेको एकजना पार्टी निकटका नेताले बताए ।