प्रेमचन्द्र झा
चैत्र २५ गते राैतहट । परोहा नगरपालिका- ३ तेजापाकड स्थित विष्णुमहायज्ञको तयारी अन्तिम अवस्थामा पुगेको छ । विश्व कल्याणका लागि हुन लागेकाे साे महायज्ञको कलस यात्रा यही चैत्र ३१ गते हुन लागेको हो । बाैधीमाई मन्दीर परिषरमा हुनलागेको सो यज्ञमा करिब ३५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।
आयोजक समितिका प्रमुख रसिक रामचन्द्र दासले दिएको जानकारी अनुसार यज्ञलाई सभ्य भव्य एवं विधि पुर्वक सम्मन गर्न परोहा नगरपालिका र अन्य स्थानीय दाताहरुले खुशी खुशी सहयोग गरि रहेको बताए ।
सो २३ कुण्डिय विष्णु महायज्ञका लागि आवश्यक पर्ने विशाल मण्प स्थानीय जनताले आफै बनाएको यज्ञका प्रमुख आचार्य गाैरी शंकर तिवारीले बताए । विष्णु महायज्ञ यज्ञको २०८२ साल बेैशाख ९ गते समापन हुने कार्यक्रम रहेको छ ।