जेल जादाजाँदै रबि लामिछानेले छाडे ४ सन्देश, सङ्गिन परिदृश्यको प्रतीक्षा

    
जेल जादाजाँदै रबि लामिछानेले छाडे ४ सन्देश, सङ्गिन परिदृश्यको प्रतीक्षा

काठमाडौ  । कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टी र समर्थकहरुका लागि ४ सन्देश पठाएका छन ।  उनको सचिवालयले सन्देश बाहिर ल्याएको हो ।

1, अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु । तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।

2, न्यायको मन्दिरबाट अन्याय हुने छैन, म बिश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाईएका छन, ती गलत साबित हुन ।

3, पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस, नसके पनि नघटाउनुस । अभियानलाई जनताको बीचमा पुर्याउनुस ।

4, अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।