प्रेमचन्द्र झा
चैत २३ गते राैतहट । स्थानिय केहि व्यक्तिको कुटाईबाट घाईते भएका परोहा नगरपालिका- २ का ६५ वर्षिया शेख मतीनको शनिबार उपचार गर्न काठमाडौ लैजाने क्रममा बाटो मै मृत्यु भएको छ । स्थानीय टोलमा मोटर साईकल द्रुत गतिमा किन कुदाएको भन्ने बिषयमा विहिबार भएको दुई पक्ष बिचको झडपमा मृतक मतिन सहित तिन जना घाइते भएको प्रहरीले बताएको छ ।
घटनामा संल्गन व्यक्तिहरु फरार रहेकाले प्रहरीले खाेजि गरिरहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख प्रहरी उपरीक्षक दीलिप घिमिरेले बताए । गाउँमा मोटर साईकल द्रुत गतिमा कुदाएको बिसयमा झडप हुदा परोहा नगरपालिका- १ बस्ने फजले हक, मोहम्मद जाबिर, शेख सकिल, मासुम, शेख नथुनी र रोज मोहम्मद समेतको कुटाइबाट मृतक मतिन सहित तिन जना गम्भीर घाईते भएका थिए ।
उपचारमा संलग्न चिकित्सकको सल्लाहमा मृतक मतिनलाई थप उपचारका लागि काठमाण्डाै लैजाने क्रंममा बाटो मै मृत्युु भएको हो । साेही घटनामा मृतकको छोरा मोजरे आलम र श्रीमती जुबैदा खातुन पनि घाइते भएका थिए । उनिहरुको उपचार चन्द्रनिगाहपुरमा भईरहेको प्रहरीले बताएको छ ।