सार्बजनिक बिदा दिन बाताबरण बिदको सरकारसग आग्रह, समस्या केहिदिन लम्बिन सक्ने चेतावनी
काठमाडौं । आज दिउँसोबाट एकाएक आँखा पोल्ने समस्याको कारण धेरैको मनमा चिन्ता बढेको छ । के भएको हो र के हुने हो भन्ने चिन्ताले काठमाडौबासी नागरिक अन्योलमा छन । काठमाडौमा आज आँखा पोलेका थाहा नपाउने साहेदै कोहि नहोलान ।
स्वास्थ बिदहरुले आम नागरिकको स्वास्थमा आउने समस्याबारे सरकारलाई सजग गराएका छन । लामो समय पानी नपरेको, ठाउँठाउँमा डढेलो लागेका कारण प्रदूषण बढेको बताईएको छ । बाताबरण बिदहरुका अनुसार छिट्टै सरकारले नागरिकलाई सार्बजनिक बिदा दिएर घरमै बस्न सुझाएका छन ।
यसैबीच सरकारले पनि हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुनसक्ने संकेत गरेको छ बन मन्त्रालय स्रोतले भन्यो । विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्न यातायातमा पुर्ण वा आम्शिक बन्द गर्न सुझाव दिएका छन । बालबिषेशज्ञहरुले आफ्ना बालबालिकालाई केही दिन घर भित्रै राख्न सुझाव दिएका छन ।