काठमाडौ । नेपालको राजधानी काठमाडौसग सिधा सडक संजालको प्रवेशद्वारको केन्द्र चम्पादेबी गाउँपालिकाको पलापुमा कृषि बिकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर खुलेको छ ।
बैंकले हिजो देखि औपचारिक रूपमा कारोबार सुरु गरेको जनाएको हो । समृद्धि चम्पादेबी निर्माणमा लागेका गाउँपालिका अध्यक्ष नबराज केसी र सङ्घिय साम्सद, राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको जोडवलमा बैंक स्थापना भएको स्रोतको दाबी छ ।
चम्पादेबी गाउँपालिकामा ठाउठाउँमा बैंक, पालिका भित्रका प्रत्येक वडामा यातायातको सहज पहुच, स्वास्थ शिक्षा, खानेपानीमा बिशेष लगानी भईरहेको बताईएको छ । कृषि र ककनी मन्दिरलाई समेटेर पर्यटनको बिकासमा आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरिरहेको अध्यक्ष नबराज केसीले बताएका छन ।
यो बैंकको उपस्थितिले समृद्धि र उज्यालो चम्पादेबी निर्माणको सपना साकार हुुँदै गएका हुन । पछिल्लो समयको अध्यानहरुले ओखलढुंगाका स्थानिय तहहरुमध्ये चम्पादेबीका जनता स्थानिय सरकारसग ज्यादा आशावादी र खुसी देेेखिन्छन ।