काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ । राजावादी प्रदर्शनकारी व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित ठुलो दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो ।
शान्तिनगर पुलदेखि कोटेश्वर, जडीबुटी, सिनामंगल, मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
आन्दोलन अझै नियन्त्रण बाहिर रहेको देख्न सकिन्छ । अटेर गरेर सडकमा निस्किए गोली प्रहारको निर्देशन दिईएको छ ।