काठमाडौं । लोकतन्त्रीक गणतन्त्र पक्षधर र राजावादीहरुको जुलुश प्रदर्शनको सुरक्षाको लागि करिव ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक प्रहरी खटिने भएका छन ।
प्ररहीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ हजार सुरक्षाकर्मी खटिएका छन । काठमाडौं उपत्यकामा एसपी अपिलराज बोहोराले सुरक्षा नेतृत्व गरेका हुन ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा जगेडा फोर्स, विमानस्थल सुरक्षा गार्डको कार्यालयमा अर्को फोर्स र सशस्त्र प्रहरी बलको विमानस्थल कार्यालयमा सशस्त्रको रिजर्भ फोर्स स्टन्डबाई राखिएको स्रोतले बताएको छ ।
भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले र तीनकुनमा राजावादीहरूको प्रदर्शन । प्रहरीले दुवै पक्षलाई भेट हुन नदिने नीति अबलम्बन गरेको छ । दुई पक्षका टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए ।
तर राजाबादीको समुह उच्छृङ्खल हुन सक्ने संभावना रहेको आकलन गरेको सुरक्षा स्रोतले बताएको छ । यदि सुरक्षाकर्मीको आदेश अवज्ञा गरे गोली प्रहार गरेर नै नियन्त्रणमा ल्याउने प्रयास हुने छ ।