काठमाडौ । नेपाल सहकारी संघ ओखलढुंगाको अध्यक्षमा सरोज धमला निर्वाचित भएका छन । आज सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले धमलालाई अध्यक्षमा चयन गरेको हो ।
संघका निर्वाचित हुनेहरुमा उपाध्यक्षमा कल्याण राई, सचिवमा देव कुमार दाहाल, कोषाध्यक्षमा राम कुमारी गुरुङ र सदस्यमा गोपाल तामाङ र दिनेश काफ्ले निर्वाचित भएका छन । त्यस्तै लेखा समिति सदस्यमा योगेश्वर दाहाल र कल्पना बानिया निर्बिरोध निर्वाचित भएको बताईएको छ ।
अध्यक्षमा निर्वाचित धमला नेपाली काङ्ग्रेस ओखलढुंगाका युबा नेता हुन । सुनकोशी गाउँपालिकाका प्रभावशाली रहेका धमला ओखलढुंगाका चर्चित ब्याबसायी समेत हुन ।